बैतडी:बैतडीमा जारी नेपाल-इन्डो टि २० क्रिकेट प्रतियोगिताकाे उपाधिका लागि आयाेजक पञ्चकाेटी युवा क्लब र भारतकाे पिथाैरागढ भिड्ने भएका छन्।
उपाधि भिडन्त शुक्रबार बिहान ९ बजे हुनेछ।
आज भएकाे सेमिफाइनल खेलमा पञ्चकाेटीले रातामाटा क्रिकेट टिमलाई ६४ रनले हरायाे।
जितका लागि पाएकाे १६४ रनकाे लक्ष्य पछ्याएकाे रातामाटा ९९ रनमा समेटियाे। पञ्चकाेटीकाे जितमा नायक बनेका दिपेश बाेहरा प्लेयर अफ द म्याच समेत चुनिए ।
आजै भएकाे अर्काे खेलमा कैलपाल क्रिकेट क्लबलाई ४ विकेटले स्तब्ध पार्दै भारतकाे पिथाैरागढकाे टिम उपाधि नजिक पुगेको छ।
१२२ रनकाे विजय लक्ष्य पिथाैरागढले १७.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। पिथाैरागढका लागि ४ विकेट हात पारेका अमन लाेहिया प्लेयर अफ द म्याच भए ।
पञ्चकोटी युवा क्लबको आयोजनामा फागुन २८ देखि सुरू भएको प्रतियोगितामा नेपाल र भारतका गरेर १२ टोलीको सहभागिता रहेकाे थियाे।
प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै दुई देशको सम्बन्ध झन नजिक हुने विश्वास राखिएको छ ।

