दाेगडाकेदारकी क्यान्सरपीडित केशवीको उपचारमा आर्थिक समस्या,सहयोगकाे याचना

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीकी ५४ वर्षीया एकल महिला केशवी दमाईको आन्द्रामा क्यान्सर देखिएको छ । विगत केही दिनदेखि क्यान्सर देखिएर केशवी भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी स्थानीय शेर सिंह कार्कीले जानकारी दिनुभयो ।

लामो समयदेखी बिरामी भएर थला परेपछि धनगढीमा चेकजाँच गराउँदा पित्तथौलीको अप्रेशन गर्नुपरेको र त्यपश्चात पनि सञ्चो नभएपछि भक्तपुर लगिएको थियो ।
केशवीको भक्तपुरमा चेकजाँचका क्रममा क्यान्सर देखिएको कार्कीले बताउनुभयो ।
क्यान्सर देखिएपछि केशवीलाई उपचारको लागि आर्थिक अभाव भएको छ । घर आर्थिक अवस्था पनि कमजोर रहेकी केशवीको जीवनरक्षाका लागि सहयोग गरिदिन अपिल गर्नुभएको छ ।
हालसम्म उपचारमा ७ लाख खर्च भइसकेकेको र अझै थप खर्च लाग्ने देखिएपछि सहयोगका लागि अपिल गर्नुभएको हो ।
केशवीको उपचारमा सहयोग पुगोस भनेर शेरसिंह कार्कीले सहयोग संकलन अभियान सञ्चालन गर्नुभएको छ ।
कार्कीले भन्नुभयो,“केशवीले ऋण लिकालेर हालसम्म उपचार गरिरहेकी छन् । अझै अस्पताल कति बस्नुपर्ने हो थाहा छैन् । उपचारमा सहयोग पुगोस भनेर सहयोग संकलन अभियान सञ्चालन गरेका हौं ।”
केशवीको जीवनरक्षाका लागि देश तथा विदेशमा रहेका सम्पूर्णलाई आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ ।
सहयोग गर्न चाहनेले तलको क्यूआरमा रकम पठाउनसक्नुहुनेछ

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!