नेपाल-इन्डो क्रिकेट: सेमिफाइनल समीकरण पूरा

बैतडी: बैतडीमा जारी नेपाल–इन्डो टि २० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ।

आज सम्पन्न समूह डी काे विजेताकाे रूपमा थालिगडा क्रिकेट क्लब अन्तिम चारमा पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएका हाे।
दशरथचन्द एकेडेमीलाई ८ विकेटले हराउँदै थालिगडा सेमिफाइनल पुग्याे।
जितका लागि पाएकाे ८८ रनकाे लक्ष्य थालिगडाले ४.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायाे। प्लेयर अफ द म्याच समेत भएका कल्पेश चन्दले १४ बलमा अविजित ४५ रन बनाउदै टिमलाई जिताए।
एकेडेमीका रविन्द्र चन्दले २ विकेट लिए।

यसअघि दशरथचन्द नगरपालिका–१० रातामाटास्थित बुड्डाबाजे क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे एकेडेमी १६.२ ओभरमा ८७ रनमा समेटियाे।
उसका दिलिप रावलले सर्वाधिक १९ रन बनाए।
थालिगडाका कल्पेश चन्दले ३,साैरभ चन्दले ३ विकेट झारे।

यसअघि समूह ए बाट आयाेजक पञ्चकाेटी युवा क्लब,समूह बी बाट भव्य ११ पिथाैरागढ र समूह सी बाट रातामाटा क्रिकेट टिम सेमिफाइनल पुगिसकेका छन्।

पञ्चकोटी युवा क्लबको आयोजनामा फागुन २८ देखि सुरू भएको प्रतियोगितामा नेपाल र भारतका गरेर १२ टोलीको सहभागिता रहेकाे छ ।
प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै दुई देशको सम्बन्ध झन नजिक हुने विश्वास राखिएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!