शुभकामना कप भलिबल चैत २६ देखि हुने

बैतडी: बैतडीको शिवनाथमा यही चैत २६ गतेदेखि “शुभकामना कप” खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । श्रीकृष्ण आधारभूत विद्यालयको आयोजना र कानली सेवा समाजको प्रायोजनामा प्रतियोगिता हुने भएको हो ।

शिवनाथ गाउँपालिका–६, कानलीस्थित श्रीकृष्ण आधारभुत विद्यालयको प्राङगणमा हुने प्रतियोगिताको टिम दर्ता खुल्ला गरिएको शुभकामना कप भलिबल प्रतियोगिताका संरक्षक तेजबहादुर चन्दले जानकारी दिनुभयो। भलिबललाई उत्सवका रूपमा मनाउने लक्ष्यका आयोजना गरिएको प्रतियोगितामा विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछन् ।

प्रतियोगिताको विजेताले ५५ हजार ५५५,दोस्रो हुनेले ३३ हजार ३३३ र तृतीय हुनेले २२ हजार २२२ पुरस्कार पाउनेछ ।
प्रतियोगितामा सहभागी हुने टीमले यही चैत २५ गते टीम दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।
टीम दर्ताका लागि ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको रेफ्री संयोजक धिरज चन्दले बताउनुभयो ।
प्रतियोगिताले खेलाडीहरुको चौतर्फी विकास र स्थानीयस्तरमा खेलकुदको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!