महाकालीमा बेपत्ता बालिका भेटिएन, अवस्था अज्ञात

बैतडी: तीनदिन अगाडी महाकाली नदीमा बगेर बेपत्ता भएकी बैतडीकी एक बालिका अझै भेटिएकी छैनन् ।

जिल्लाको शिवनाथ गाउँपालिका १ स्वालाकी १२ वर्षीया अस्मिता चाँड असार ८ गते शनिबार बिहान महाकाली नदीमा बेपत्ता भएकी थिएन् ।

नुहाउने क्रममा बगेर बेपत्ता भएकी अस्मिता हालसम्म फेला पर्न नसेकेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो । बेपत्ता बालिका फेला पर्न नसेकेको र अवस्था अज्ञात रहेको छ ।

अस्मिताको खोजीका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,“बेपत्ता बालिकाको खोजीका लागि महाकाली नदी किनार क्षेत्रमा नेपाल प्रहरी,सशस्त्र प्रहरीका साथै स्थानीय बासिन्दा परिचालित छन्,अहिलेसम्म भेट्टिएकी छैनन्,बालिकाको अवस्था अज्ञात छ ।”

महाकालीमा बेपत्ता बालिका खोजीका लागि भारतीय प्रहरीलाई पनि आग्रह गरिएको छ । महाकालीले बगाएर पारी पनि लगेको हुनसक्ने भन्दै भारतीय प्रहरीलाई खोजीका लागि सहयोग मागिएको हो ।
अस्मितासंगै महाकालीमा नुहाउन गएकी शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँड भने मृत फेला परेकी छन् । रजनीको शनिबारनै बगेको केहीबेरपछि नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले मृत उद्धार गरेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!