नेपाल-इन्डो क्रिकेटः कैलपाल र त्रिपुरा विजयी

बैतडी: बैतडीमा जारी नेपाल–इन्डो टि २० क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलमा त्रिपुरा क्रिकेट क्लब र कैलपाल क्रिकेट क्लब विजयी भएका छन् ।
त्रिपुराले भेलेनाथ क्रिकेट क्लबलाई ८३ रनले हराउँदा कैलपालले दशरथचन्द एकेडेमीमाथि १४१ रनको बिशाल जित निकाल्यो ।

त्रिपुराले दिएको २५२ रनको लक्ष्य पछ्याएको भेलेनाथले २० ओभरमा ८ विकेटको क्षतिमा १६८ रन मात्रै बनाउन सक्यो । जसमा देवराम महरले सर्वाधिक ४२ रन जोडे । त्रिपुराका सुरेन्द्र थापाले ३ विकेट हात पारे ।
यसअघि पहिला ब्याटिंग गरेको त्रिपुरा निर्धारित २० ओभरमा २५१ रनमा अलआउट भयो । उसका प्लेयर अफ दी म्याच समेत भएका जगदीश मौनीले ६८ र महेन्द्र थापाले ६६ रनको योगदान गरे । भोलेनाथका उद्धव लुहारले ३ विकेट झारे ।

आजै भएको अर्को खेलमा २०१ रनको विजय लक्ष्य पछ्याएको एकेडेमी १७ दशमलब २ ओभरमा ७० रनमा समेटियो । एकेडेमीका आदर्श चन्दले १५ र प्रेम चन्दले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिंगमा कैलपालका अमर चन्द, भुपेन्द्र चन्द र राम चन्दले २÷२ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिंग गरेको कैलपालले १७ दशमलब १ ओभरमा २०० रनमा रोकियो । प्लेयर अफ द म्याच समेत घोषित भएका विरेन्द्र साउँदले ६१, विक्रम बोहराले ४७ रनको पारी खेले । एकेडेमीका रविन्द्र चन्दले ४ विकेट चट्काए ।

पञ्चकोटी युवा क्लबको आयोजनामा फागुन २८ गतेदेखि सुरु भएका प्रतियोगितामा नेपाल र भारतका गरेर १२ टोलीको सहभागिता रहेको छ । चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै दुई देशको सम्बन्ध प्रगाढमा सहयोग पुग्ने विश्वास राखिएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!