कोहलपुर प्राइड लिग: दीपेन्द्रकाे टिम च्याम्पियन

काेहलपुर: ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले जितेको छ।
आज सम्पन्न फाइनल खेलमा न्यू होराइजन स्पोर्टस् क्लबलाई सुपरओभरमा हराउँदै युभिसिसिले उपाधि हात पारेको हो ।

न्यू होराइजन स्पोर्टस् क्लबले टस जितेर पहिला बलिङ रोजेको थियो । पहिला ब्याटिङको निम्तो पाएको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३६ रन बनाएको थियो ।
टिमका लागि दिपेन्द्र सिंह ऐरीले ४२ बलमा सर्वाधिक ६९ रन बनाए।

जवाफमा होराइजन पनि १३६ रनमा अलआउट भयाे।
त्यसपछि भएकाे सुपर ओभरमा युनाइटेडले जित दर्ता गरेपछि च्याम्पियन बन्याे।

उपाधि विजेता युभिसिसिले नगद ४ लाख र उपविजेता न्यू होराइजनले नगद २ लाख पुरस्कारमा चित्त बुझायो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!