चालु आर्थिक वर्षको विकास खर्च कमजोर

काठमाडौँ: चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा १९ प्रतिशत हाराहारी मात्रै पुँजीगत खर्च भएको छ ।

आर्थिक वर्षका लागि सङ्घीय सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएकामा फागुन मसान्तसम्ममा रु नौ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख खर्च भएको छ । यो वार्षिक विनियोजनको ४७ दशमलव १८ प्रतिशत हो । चालु शीर्षकमा रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ५४ दशमलव ३७ प्रतिशत खर्च भएको छ ।

पुँजीगत शीर्षकमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १९ दशमलव २४ प्रतिशत खर्च भएको छ भने वित्तीय व्यवस्था शीर्षकमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजनमा भएकामा हालसम्म ५४ दशमलव ८९ प्रतिशत अर्थात् रु दुई खर्ब पाँच अर्ब ९५ करोड २३ लाख खर्च भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, फागुन मसान्तसम्मको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४९ दशमलव ८९ प्रतिशत बराबर छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!