नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा प्रवेश

बैतडी: बैतडीमा जारी नेपाल–इन्डो टि-२० क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलबाट भारतीय टोली सेमिफाइनमा प्रवेश गरेको छ ।

रणशैनी क्लबलाई ५ विकेटले हराउदैं भारतको पिथौरागढको टोली सेमिफाइनलमा पुगेको हो ।

जितका लागि पाएको ११९ रनको लक्ष्य पिथौरागढले १६ दशमलब १ ओभरमा ५ विकेटको क्षतीमा पूरा गर्यो । जसमा आयुस पाण्डेयले अर्धशतकीय पारी खेल्दै ५१ रनमा अविजित रहे । रणशैनीका जय धामीले ३ विकेट हात पारे ।

यसअघि दशरथचन्द नगरपालिका–१० रातामाटास्थित बुड्डाबाजे क्रिकेट मैदानमा पहिला ब्याटिंग गरेको रणशैनी १९ दशमलब ३ ओभरमा ११८ रनमा समेटियो । उसका प्रकाश भट्टले सर्वाधिक २६ रन जोडे । बलिंगमा पिथौरागढका सञ्जय राई र जयदीप पोखराईले तीन तीन विकेट झारे ।

अर्धशतकीय पारी खेल्दै टोलीलाई जिताएका पिथौरागढका आयुस पाण्डेय प्लेयर अफ दी म्याच चुनिए ।

पञ्चकोटी युवा क्लबको आयोजनामा फागुन २८ गतेदेखि सुरु भएका प्रतियोगितामा नेपाल र भारतका गरेर १२ टोलीको सहभागिता रहेको छ ।

चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै दुई देशको सम्बन्ध प्रगाढमा सहयोग पुग्ने विश्वास राखिएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!