बैतडी: महाकाली नदी किनारमा एक महिला मृत अवस्थामा भेट्टिएकी छन् ।
मृत फेला पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–८ माइतीघर भएकी ३८ वर्षीया दिपा महर रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
दिपा बिहान ८ बजे नेपाल-भारत सीमानाका झुलाघाटनजिक धारीगाड भन्ने स्थानमा महाकाली किनारमा फेला परेकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दिपाको घर भारतमा रहेको र केही समयदेखि माइतीघरमा बस्दै आएकी बताइएको छ ।
दिपाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र परीक्षण पश्चात मात्रै थप कुरा खुल्ने प्रवक्ता सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो,”दिपाको मृत्युको कारण खुल्न सकेको छैन्,शरिरमा बाहिरी चोटपटक केही देखिएको छैन। पोस्टमार्टम पछि थप कुरा थाहा होला” ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

