काठमाडौँ: आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले न्यूजिल्यान्डलाई हराउँदै च्याम्पियन बनेको छ ।
यससँगै भारत टी–२० विश्वकप तीन पटक जित्ने पहिलो देश बनेको छ । भारतले सन् २००७, २०२४ र अब २०२६ मा टी–२० विश्वकप जितेको हो ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको भारतले न्यूजिल्यान्डलाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको थियो । तर न्यूजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो ।
यसरी भारतले न्यूजिल्यान्डलाई ९६ रनले हराउँदै लगातार दोस्रो पटक टी–२० विश्वकप जित्ने टोली पनि बन्यो ।
