बैतडी: बैतडीबाट प्रतिनिधिसभा सदस्य निर्वाचन विजयी हुनुभएका सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिमोहन भण्डारीले जिल्लाकाे सान बढाउने काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
आइतबार मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा आयाेजित प्रमाणपत्र ग्रहण कार्यक्रममा बाेल्दै उहाँले बैतडीको सान बढाउने काममा पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे।
उहाँले भन्नुभयाे,” बैतडीको सान र इज्जत बढाउने काम गर्नेछु । जिल्लाकाे इतिहास मेटिन दिने छैन् ।”
थुप्रै चुनाैतीकाबीच विजयी भएकाे बताउदै उहाँले ती सबै चुनाैतीकाे सामना गर्दै जिल्लाकाे विकासमा पछि नहट्ने समेत बताउनुभयाे।उहाँले भन्नुभयाे,” जिल्लाकाे विकासमा पछि हट्ने छैन्। भष्टाचार अन्त्य मेराे बाचा हाे।”
यसका साथै जिल्लाबासी सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयाे।
भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी हुनुभयाे। उहाँले ३ हजार ९ ४० मतले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्नुभयाे।
उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभयाे।
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए । जसमा ५ हजार ११३ मत बदर भए।

