बैतडी: प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ। भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी हुनुभयाे। उहाँले ३ हजार ९ ४० मतले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्नुभयाे।
उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभयाे।
यसअघि नेकपा एमालेबाट लगातार ३ पटक विजयी भएका दामाेदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झर्नुभयाे। उहाँले १७ हजार ९१ मत ल्याउनुभयाे।
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख ५६ हजार ३७२ मतदाता रहेका थिए। ७२ हजार ८४३ मतदाताले मतदान गरेकाेमा ५ हजार ११३ मत बदर भए।

