कर्पाेरेट कप क्रिकेट : नबिल बैंकलाई ह्याटि्रक उपाधि

कञ्चनपुर: कञ्चनपुरमा सम्पन्न कर्पाेरेट कप क्रिकेटको उपाधि नबिल बैंकले जितेकाे छ। नबिलकाे याे ह्याटि्रक तथा लगातार तेस्राे उपाधि समेत हाे।
उपाधि कब्जा गर्ने क्रममा नबिलले फारवेस्टर्न युनिभर्सिटीलाई ६० रनकाे विशाल रनले हरायाे।
जितका लागि पाएकाे एक सय रनकाे कठिन लक्ष्य पछ्याएकाे युनिभर्सिटी निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ३९ रन मात्रै बनाउन सक्याे।
जसमा कुश राज भट्टले ११ रन जाेड्नबाहेक अन्यले दाेहाेराे अंकमा समेत रन जाेड्न सकेनन् ।
नबिलका निरज भट्टले २,कप्तान गाेकर्ण सिंह विष्ट र राजिव भट्टले १/१ विकेट झारे ।
यसअघि फारवेस्टर्न युनिभर्सिटीकाे खेल मैदानमा टस हारेर ब्याटिङकाे निम्तो पाएकाे नबिलले निर्धारण ६ ओभरमा ३ विकेटको क्षतिमा ९९ रन बनायाे ।
उसका अनिल चन्दले अर्धशतकीय पारी खेल्दै ५७,गणेश बहादुर धामीले १९ र गणेश बहादुर चन्दले १७ रनकाे याेगदान गरे।
युनिभर्सिटीका लागि कुश राज भट्टले २ विकेट हात पारे।
नबिलका अनिल चन्द प्लेयर अफ द म्याच चुनिए ।

यसैबीच फारवेस्टर्न युनिभर्सिटीका प्रदीप तिवारी प्लेयर अफ द सिरिज भए। उनले ५५५५ पुरस्कार पाए।
नबिल बैंकका निरज भट्टले बेस्ट बलर चुनिदै ३३३३ पुरस्कार पाउँदा एनएमबी बैंकका हिम्मत खातीले बेस्ट ब्याटर वाफत ३३३३ र सर्वाधिक छक्का हिर्काएकोमा २२२२ पुरस्कार जिते।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!