अज्ञात राेगका कारण बैतडीमा दुई बालकको ज्यान गयो

बैतडी: अज्ञात राेगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ।
मृत्यु हुनेमा जिल्लाकाे पुर्चाैडी नगरपालिका-१० महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनाेद महरा रहेका छन् ।
पुर्चाैडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनाेद कुँवरका अनुसार विकासकाे आज बिहान र विनाेदकाे फागुन ११ गते ज्यान गएको हाे।

केही दिनदेखि उच्च ज्वराे,बान्ता, शरीर दुख्ने लक्षण देखिएकाेमा दुबै जनाकाे मृत्युु भएकाे स्वास्थ्य शाखा प्रमुख कुँवरले बताउनुभयो ।

अज्ञात राेगका कारण एकाघरका दाजुभाइकाे मृत्युु भएपछि प्रयाेगशाला र चिकित्सककाे टाेली खटिएको छ।

गाउँभरी नै यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सककाे टाेली त्यसतर्फ गएकाे छ।

अज्ञात राेगका कारण दुई बालकको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!