कल सेन्टरमा निर्वाचन सम्बन्धि जिज्ञासा बढी

काठमाडौँ: निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गत माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा फागुन १४ गते बिहीबारसम्म टेलिफोन र ‘भ्वाइस मेल’समेत गरी जम्मा चार हजार ३८ वटा जिज्ञासा तथा प्रश्न प्राप्त भई सम्बोधन गरेको छ ।

प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित एक हजार ९५८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३८६, मतदाता शिक्षासम्बन्धी १५७ र अन्य एक हजार १११ रहेका आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कुल जिज्ञासामा ४२६ ‘भ्वाइस मेल’ रहेका छन् ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम जारी रहेको आयोगले जनाएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!