दार्चुलाकी महिला बैतडीमा मृत फेला

बैतडी: तीनदिनदेखि बेपत्ता रहेकी दार्चुलाकी एक महिला आज बैतडीमा मृत फेला परेकी छन् ।

दार्चुलाको लेकम गाउँपालिका ४ दमसैनाकी २२ वर्षीया हेमन्ती गिरी मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रवक्ता , प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो ।

हेमन्तीको शव बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा फेला परेको हो । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको हो । प्रहरीको टोलीले घटनास्थलको कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

यही असार ८ गते घरबाट हराएकी हेमन्ती आज फेला परेकी हुन् । मृत भेट्टिएकी महिला विवाहित रहेकी खुल्न आएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!