जिप दुर्घटना,चालककाे मृत्यु

बैतडी: बैतडीको शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिप चालक शिवनाथ-२ का २६ वर्षीय केशवसिंह धामी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयाे।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक धामीकाे उपचारकाे लागि डडेल्धुरा लैजादै गर्दा बाटाेमै मृत्यु भएकाे हाे। मृतककाे शव परीक्षणका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
जिपमा चालक मात्रै रहेका बुझिएको छ।
स्थानीय बछलाबाट बचरा तर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप गएराति दुर्घटनामा परेकाे हाे।

दुर्घटनाग्रस्त जिप सडकबाट करिब २०० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!