बैतडी:पहिराले गएरातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग सुचारू भएको छ।
बैतडीको दाेगडाकेदार गाउँपालिका-५ सलसेनामा सडक माथिबाट पहिराे खस्दा गएरातिदेखि राजमार्ग अवरुद्ध भएको थियाे।
अवरुद्ध राजमार्गमा खसेकाे पहिराे पन्छाएपछि सुचारु भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयाे।
पन्ज्युनयाँस्थित गाेबिन्द कंक्रिट उद्योगकाे जेसिबीले उक्त पहिराे पन्छाएकाे हाे।
राजमार्ग खुलेसंगै ठप्प रहेका सवारीसाधन तथा अलपत्र यात्रु आ-आफ्नाे गन्तव्यतर्फ लागेका छन्।
