बैतडी:भालुको आक्रमणबाट बैतडीको मेलौली नगरपालिकामा एक महिला गम्भीर घाइते भएकी छन् ।
जिल्लाको मेलौली नगरपालिका–४ तितावै तालकी ३५ वर्षीया सुनिता चन्द भालुको आक्रमणबाट घाइते भएकी बैतडीका प्रवक्ता प्रहरी निरिक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
सोमबार घरनजिकै रहको खानेपानीको मुहानमा पानी लगाउन जादैं गरेका बेला चन्दलाई भालुले एक्कासी आक्रमण गरेको हो ।
घाईते चन्दलाई उपचारको लागी धनगढी पठाइएको छ ।
