पानीमा डुबेर बैतडीमा दुई जनाकाे मृत्यु,एक बेपत्ता

बैतडी: पानीमा डुबेर बैतडीमा दुईजनाकाे मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन्।
पानी ट्याङ्कीमा डुबेर पुर्चाैडी नगरपालिकाका एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाकाे पुर्चाैडी- १० महरागाउँका शेरसिंह महराकाे ५ वर्षका छाेरा मुकेश महरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयाे।

घर आगनमै खलिरहेका मुकेश नजिकै रहेकाे पानी ट्याङ्कीमा डुबेका थिए।

ट्याङ्कीमा डुबेर घाइते भएका मुुकेशकाे जिल्ला अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

यस्तै शनिबार महाकाली नदीमा डुबेर शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँडकाे मृत्यु भएकाे थियोे ।
शिवनाथ गाउँपालिका १ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेकाे केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले रजनीकाे मृत उद्धार गरेकाे थियाे।

रजनीसंगै महाकालीमा नुहाउन गएकी साेही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपता रहेकी छन्।

बेपत्ता अस्मिताकाे खाेजी कार्य जारी रहेकाे छ। अस्मिताकाे खाेजीका लागि स्थानीय बासिन्दासंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएपनि अवस्था अज्ञात रहेकाे प्रवक्ता पाण्डेले बताउनुभयाे।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!