बसकाे ढाेकाबाट खसेर एकजनाकाे मृत्यु

बैतडी: बसकाे ढाेकाबाट खसेर बैतडीमा एकजनाकाे मृत्यु भएकाे छ।
मृत्यु हुनेमा जिल्लाकाे दशरथचन्द नगरपालिका ४ का ६५ वर्षीय पदम राज भट्ट रहेका बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयाे।

महेन्द्रनगरबाट बैतडी आउदै गरेकाे सु.प.प्र.०२-००१ख १०१७ नं. को बसको ढोकाबाट गुरूखाेला नजिक आज अपरान्ह साढे ४ बजे एक्कासी खसेर भट्ट घाइते हुनुभएको थियाे।

घाइते भट्टलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल ल्याइएकाेमा उपचारकाे क्रममा बेलुका साढे ५ बजे ज्यान गएको हाे।

बसचालक पाटन नगरपालिका ०८ हरिचनका ३२ वर्षीय दशरथ महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!