बैतडीका सबै पालिकामा एचपीभी खोप अभियान शुरु

बैतडी:बैतडीका १० वटै पालिकामा आजदेखि एचपीभी खोप कार्यक्रम शुरु भएको छ ।

अभियान फागुन २ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो।

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोपलाई यो बर्षदेखि नियमित खोपमा समावेश गरिएको हो ।

यो बर्ष बैतडीमा २४ सय ५३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिने लक्ष्य रहेको छ । गत बर्ष अभियानको रुपमा किशोरीहरुलाई खोप दिइएको थियो ।

यो बर्ष कक्षामा ६ मा अध्ययनरत किशोरी, गत बर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० बर्षका किशोरीहरुका लागि खोप कार्यक्रम शुरु भएको जनाएको छ ।

गत बर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपीभी खोप दिइएको थियो ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रुपमा खोप लगाउन आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!