दार्चुलामा प्रहरी हवल्दारकाे धारिलो हतियार प्रहारबाट हत्या

दार्चुला: दार्चुलामा नेपाल प्रहरीका प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरीमा कार्यरत अन्दाजी ३८–४० वर्षका प्रहरी हवलदार योगेन्द्रसिंह घर्ती सोमबार राति मृत अवस्थामा फेला परेको महाकाली नगरपालिका–४ का वडाध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिनुभयो ।

उहाँका अनुसार हवलदार घर्ती बाङ्गाबगड तल्लो बजारको पछाडिपट्टि मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलको प्रारम्भिक अवस्थालाई हेर्दा घटना शङ्कास्पद देखिएको वडाध्यक्ष चुनाराले बताउनुभयो । मृतकको टाउकोमा चार–पाँचवटा गहिरा घाउ रहेको र चक्कु प्रहारबाट मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतक प्रहरी हवलदार घर्ती महाकाली नगरपालिका–४ बीच बजारका स्थानीय बासिन्दा रहेको बताइएको छ । घटनापछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला पठाएको छ ।

घटनाबारे थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरव महतसँग सम्पर्क गर्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!