दाेगडाकेदार हाइस दुर्घटना अपडेट: चालक ठगुन्नाकाे मृत्यु

बैतडी: बैतडीमा ईभी हाइस दुर्घटना हुँदा चालककाे मृत्युु भएकाे छ।

जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे घाेडेधारनजिक शनिबार राति साढे ९ बजे सुप प्र ०२ ००१ ज ०६२४ नम्बरकाे हाइस दुर्घटना भएकाे थियाे।

दुर्घटनामा हाइसका चालक दाेगडाकेदार-५ का २५ वर्षीय मदन ठगुन्नाकाे मृत्युु भएकाे बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयाे।

ठगुन्नाकाे उपचारकाे क्रममा आज बिहान डडेल्धुरा अस्पतालमा मृत्यु भएकाे हाे।

दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर तल खसेकाे र हाइसमा चालक मात्रै सवार रहेका बुझिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!