काठमाडौं: आइसीसी पुरुष टी २० विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ । आज साँझ ६ बजे भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा विश्वकपको एक समारोहका साथ उद्घाटन हुनेछ ।
उद्घाटनलगत्तै साँझ ७ बजे आयोजक राष्ट्र भारत र अमेरिकाबीचको पहिलो खेल सुरु हुनेछ।
भारत र श्रीलंकामा हुने विश्वकपमा नेपाल समूह सी मा रहेको छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीलाई राखिएको छ ।
नेपालले पहिलो खेल भोलि इंग्ल्यान्डसँग खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फागुन ५ गते हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्।
समूहमा शीर्ष दुईमा परेमा नेपालको सुपर ८ मा पुग्ने सम्भावना हुनेछ।
नेपालको यसपटक तयारी राम्रो रहेको छ ।
