प्रधान न्यायाधीश राउतद्वारा नवनिर्मित बैतडी अदालत भवनको उद्घाटन

बैतडी: सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले बैतडी जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

आज एक कार्यक्रमकाबीच प्रधान न्यायाधीश राउतले भवनको उद्घाटन गर्नुभएको बैतडी जिल्ला अदालतका श्रेस्तेदार बिष्णुराज पन्तले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा बोल्दै प्रधान न्यायाधीश राउतले नयाँ भवन निर्माणसँगै न्यायीक तथा प्रशासनिक कामकार्बाहीमा सहजता हुने बताउनुभयो ।

उच्च नैतिकता र निष्ठापूर्वक काम गरेमामात्र न्याय सेवा सरल र कम खर्चिलो हुनेछ ।
उहाँले भन्नुभयो,“नवनिर्मित भवनबाट सञ्चालन हुने न्यायीक तथा प्रशासनिक कामकार्वाही प्रभावकारी र सेवाग्राहीमैत्री वातावरण सुदृढ हुने र गर्दा सर्वसाधारण जनताको न्यायमा अझ पहुँच पुग्ने दृढ विश्वास छ ।”

गत भदो २३ र २४ गते भएको अप्रत्यासित घटनाले देशका विभिन्न स्थानका २३ अदालत भवनमा ठुलो क्षती पुग्नुका साथै हजारौं कम्प्युटर तथा अन्य सूचना प्रविधि सम्प्रेषण नष्ट भएकाले भौतिक पूर्वाधार विकास चुनौतीका रुपमा देखा परेको बताउनुभयो ।

पाँचतले नवनिर्मित यो भवन निर्माण गर्न ११ करोड ३५ लाख खर्च भएको जिल्ला अदालत बैतडीले जनाएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!