बझाङ : बझाङको बित्थडचिर गाउँपालिकाले बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाखका दरले क्षतिपूर्ति दिने भएको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै मृतकका परिवारलाई एक लाखका दरले क्षतिपूर्ति दिने जनाएको हाे ।
बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका-७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२-००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो ।
दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते छन् ।
गाउँपालिका अध्यक्ष अम्मर सिंह महरले दुख समेत प्रकट गर्नुभएको छ।

