प्रधानमन्त्री कप क्रिकेट: अपराजित बैतडी फाइनलमा,उपाधिका लागि कञ्चनपुरसँग भिड्ने

बैतडी: अपराजित तथा ह्याटि्रक जितसहित बैतडीकाे टाेली प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटकाे फाइनलमा पुगेको छ।

ह्याटि्रक जित दर्ता गर्ने क्रममा बैतडीले डडेल्धुरामाथि ५ विकेटको सहज जित दर्ता गर्याे ।
यसअघि बैतडीले बझाङलाई ८ विकेट र दार्चुलालाई १२८ रनले हराएको थियो ।

आज खराब माैसमका कारण २० ओभरमा छाेट्याइएकाे खेलमा टस जितेर पहिला ब्याटिङ गरेकाे डडेल्धुराले ५ विकेटको क्षतिमा १३६ रन बनायाे।
जसमा अर्जुन विक र विशाल ऐरले समान ३७/३७ रन जाेडे।

बलिङमा बैतडीका गजेन्द्र बाेहराले ३, नरेन भट्ट र हिक्मत महराले १/१ विकेट हात पारे।

जवाफमा बैतडीले उक्त लक्ष्य १८.१ ओभरमा ५ विकेटको नाेक्सानीमा भेट्टायाे।

बैतडीको जितमा लाेकेन्द्र चन्दले अर्धशतकीय पारी खेल्दै ५४ रनकाे याेगदान गरे। उनी प्लेयर अफ दी म्याच समेत चुनिए।

यस्तै दीपक बाेहरा अविजित ३१ र आयुश चन्द ३० रनमा नटआउट रहे।

डडेल्धुराका अर्जुन बिकले ३,सुरज देउवा र सुवेश सिंह रावलले १/१ विकेट लिए।

बैतडीले अब फाइनलमा भाेलि कञ्चनपुरकाे सामना गर्नेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टोलीको सहभागीता रहेको प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।

राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली बनाउन प्रदेश छनोट भइरहेको हाे। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशको टिममा समावेश हुने जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!