निर्वाचन प्रहरीको लडेर मृत्यु

बैतडी:बैतडीमा एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्युु भएको छ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्द रहेका बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

निर्वाचन प्रहरी चन्दकाे सुन्दरखाली मैदानमा सञ्चालन रहेकाे तालिम गरेर घरतर्फबाट फर्किरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर मृत्यु भएको हाे।

मृतक चन्दकाे शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!