बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित मसानी मन्दिरमा छ लाख खर्च गरेर हवनकुण्ड निर्माण गरिएको छ।
हवनकुण्ड निर्माणमा छ लाख चार हजार आठसय अठासी रूपैयाँ खर्च भएकाे सूर्यपन्त,मसानी, तरैन्या धार्मिक संरक्षण सेवा समितिका अध्यक्ष कालुसिंह कार्कीले बताउभयाे।
चन्दा संकलनबाटै हवनकुण्ड निर्माण गर्ने लक्ष्य रहेकाे भएपनि रकम अपुप भएकाे हाे।
जनश्रमदान चन्दा संकलनबाट तीन लाख ७० हजार तीनसय अठतीस रूपैयाँ मात्रै चन्दा संकलनबाट उठेकाे र दुई लाख ३४ हजार पाँचसय पचास रूपैयाँ अपुग भएकाे समितिका अध्यक्ष कार्कीले बताउनुभयो ।
हवनकुण्ड निर्माण सम्पन्न गर्न अपुग रकम हाललाई समितिले उधाराे सामान लिएकाे र अझै चन्दा सहयाेग गरिदिन समेत आग्रह गरिएको छ।
हवनकुण्ड निर्माणका लागि देश–विदेशमा रहेका श्रद्धालु व्यक्तिहरुलाई सहयोग गर्न आह्वान गरिएको अध्यक्ष कार्कीले बताउनुभयाे ।
यसअघि पनि उक्त मन्दिर क्षेत्रमा गेट निर्माण, बाटोघाटो निर्माण, खानेपानी र घेरपर्खाल निर्माण कार्य सम्पन्न गरिसकिएको थियाे ।
स्थानीय संस्कृति, परम्परा, धार्मिक सम्पदाहरुको संरक्षणका लागि समितिले काम गरिरहेको समितिका सचिव विक्रम सिंह कार्कीले बताउनुभयाे ।
पञ्ज्युनयाँस्थित मसानी मन्दिरलाई उक्त क्षेत्रको शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने प्रचलन रही आएको छ ।



