मेलाैलीकाे राष्ट्रपति रनिङ शिल्ड मणिलेकले जित्याे

बैतडी: बैतडीको मेलौलीमा सम्पन्न छैटौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मणिलेक माविले जितेको छ ।  विठ्ठने खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा  मणिलेक  मावि ११ स्वर्ण, १० रजत र २ कास्यसहित प्रथम भयाे।

प्रतियोगितामा विशालपुर मावि मेलौली ९ विशालपुरले  ७ स्वर्ण, ७ रजत र ४ कास्य जित्दै द्वितीय स्थान हासिल गर्याे । यस्तै भरतपुर माविले ४ स्वर्ण र १ कास्य जित्दै भरतपुर माविले तृतीय स्थान हासिल गरेको छ ।

पुरस्कृत खेलाडीलाई मेलौली नगरपालिकाका नगरप्रमुख भिम बहादुर चन्द, पन्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द लगायतले पुरस्कार वितरण गर्नुभयो ।

माघ १३ गतेदेखि सुरू भएकाे प्रतियोगितामा नगरक्षेत्रभित्रका १२ विद्यालयहरुको सहभागिता रहेको मेलौली खेलकुद विकास समिती अध्यक्ष सागर भण्डारी सोराडीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!