बैतडी: बैतडीमा आज बिहानैदेखि पुनः हिमपात भएकाे छ।
जिल्लाकाे उच्च लेकाली भेग सिगास, खाेडपे, अनारखाेली, ढाेल्यामाेडलगायतका क्षेत्रमा पुनः हिमपात भएकाे स्थानीय खडक ऐरले बताउनुभयो ।
हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए ।
हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै किसान खुसी भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो ।
हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेकाे छ।
चिसाेबाट बच्न स्वास्थ्यकर्मीले सुझाएका छन्।
यसअघि माग ९ गते पनि यहाँ हिमपात भएकाे थियाे।
हिमपातका कारण राजमार्ग र विद्युत सेवा समेत अवरुद्घ भएकाे थियो ।
