बैतडी: हिमपातका कारण गएरातिदेखि अवरुद्ध रहेका सुदूरपहाडका राजमार्ग सुचारू भएका छन्।
बैतडीकोअनारखाेली, खाेडपे, श्रीभावर, सतबाँझ, देहिमाडाैंक्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएराति देखिनै अवरुद्ध रहेका थिए।
राजमार्गमा जमेको हिउँ सडक डिभिजन कार्यालयकाे जेसिबीले पन्छाएपछि सुचारू भएका हुन्।
आज बिहान ११ बजेपछि राजमार्ग सुचारू भएसंगै गएरातिदेखि बीचबाटाेमा अलपत्र रहेका यात्रु तथा सवारीसाधन आ-आफ्नो गन्तव्यतर्फ लागेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
राजमार्ग सुचारु भएपनि विद्युत सेवा भने अझै पुनः सञ्चालन हुन सकेकाे छैन्।
शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डाेटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएकाे हाे। यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए ।
हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै किसान खुसी भएका स्थानीय मानबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेकाे छ।
चिसाेबाट बच्न स्वास्थ्यकर्मीले सुझाएका छन्।
