वैशाखदेखि हालसम्म पाँच हजार ९६६ विपद्का घटना

काठमाडौँ: गत वैशाखदेखि हालसम्म देशभर कुल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छभने एक हजार छ सय ४३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार ५३५ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । दुई हजार ६९२ वटा आगलागीका घटना हुँदा ७५ जनाको अकालमा ज्यान गएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!