बैतडी: पञ्चेश्वर गाउँपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि जवलपुर माध्यमिक विद्यालय सैलोडाले जितेको छ। देवथला खेल मैदानमा शुक्रबार सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ११ रजत र ८ कास्यपदकका साथ जवलपुर प्रथम भएको हो ।
यसैगरी ७ स्वर्ण, ५ रजत, ८ कास्यपदक जित्दै सोमेश्वर माध्यमिक विद्यालय द्धित्तीय र ७ स्वर्ण, ५ रजत र ४ कास्यपदक जित्दै कुलाउ माध्यमिक विद्यालय कुलाउ तृतीय भएको जनाईएको छ।
दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन गरिएको विद्यालय निरिक्षक महामलसिह घटालले जानकारी दिनुभयो।
समापन समारोहमा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द,उपाध्यक्ष बिना भट्ट,अन्य जनप्रतिनिधि कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ९ विद्यालयहरु सहभागी रहेका थिए ।
