कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

कर्णाली : कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ सात दशमलव ९० प्रतिशत बजेट खर्च गरेको हो । सरकारले चालुचर्फ २३ दशमलव ८३ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ ।
सरकारले विकासतर्फ रु १९ अर्ब ९८ करोड २७ लाख १३ हजार विनियोजन गरेकामा हालसम्म रु एक अर्ब ५७ करोड ९० लाख तीन हजार २७९ मात्रै विकास निर्माणमा खर्च गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि रु ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बजेट विनियोजना गरिएको थियो ।
अर्धवार्षिक समीक्षासम्म १३ दशमलव ७४ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख रत्न सुवेदीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “चालुतर्फ रु १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार विनियोजन भएकामा हालसम्म रु दुई अर्ब ९५ करोड ४४ लाख ३० हजार अर्थात् २३ दशमलव ८३ प्रतिशत खर्च भएको छ । यो रकम विकास बजेट कार्यान्वयनको तुलनामा तीन गुणाभन्दा बढी हो ।”

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!