बैतडीमा जिप दुर्घटना: मृतककाे संख्या ४ पुग्याे

बैतडी:जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका-८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ।
डडेल्धुरा अस्पतालमा उपचारकाे क्रममा घाइते सिगास गाउँपालिका १ कि वर्ष २७ की बसन्ती ऐरकाे मृत्यु भएसंगै मृतकको संख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक सुरज सिंह जानकारी दिनुभयाे।
माेतिनगरबाट डडेल्धुरा जाँदै गरेकाे म१ ज २२४ नम्बरको बाेलेराे जिप बिहान ११ बजे अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेकाे थियाे।
दुर्घटनामा परेर सिगास गाउँपालिका –१ का २४ बर्षिय निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका –३ का १३ बर्षीय राकेश रावलकाे घटनास्थलमै मृत्यु भएको थियाे।
उक्त दुर्घटनामा परेर बैतडीकाे सिगास गा.पा. १ बस्ने बर्ष १९ की बिमला ऐर,ठाउँकी ४ वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने बर्ष २८ का गणेश बिष्ट (चालक), बैतडी पाटन न.पा ०८ बस्ने वर्ष २५ की कमला बिष्ट, सिगास गा.पा ०१ बस्ने वर्ष २५ की लालमणी बोहरा,
र डडेल्धुरा आलिताल गा.पा. वडा नं. ३ बस्ने बर्ष ३२ को बिरेन्द्र बोहरा घाइते रहेका छन्। घाइतेको डडेल्धुरा अस्पताल उपचार भईरहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!