बैतडीमा जिप दुर्घटना: मृतक र घाइते सबैकाे पहिचान खुल्याे

बैतडी:
जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका-८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु र घाइतेहरूकाे पहिचान खुलेकाे छ। माेतिनगरबाट डडेल्धुरा जाँदै गरेकाे म१ ज २२४ नम्बरको बाेलेराे जिप बिहान ११ बजे अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेकाे हाे।
दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे र ७ जना घाइते रहेका
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक सुरज सिंह जानकारी दिनुभयाे।
मृत्यु हुनेमन सिगास गाउँपालिका –१ का २४ बर्षिय निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका –३ का १३ बर्षीय राकेश रावल रहेका छन्।
घाइते हुनेहरूमा बैतडीकाे सिगास गा.पा. १ बस्ने बर्ष १९ की बिमला ऐर,ठाउँकी ४ वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने बर्ष २८ का गणेश बिष्ट (चालक), बैतडी पाटन न.पा ०८ बस्ने वर्ष २५ की कमला बिष्ट, सिगास गा.पा ०१ बस्ने वर्ष २५ की लालमणी बोहरा,
साेही ठाउँकी वर्ष २७ की बसन्ती ऐर र डडेल्धुरा आलिताल गा.पा. वडा नं. ३ बस्ने बर्ष ३२ को बिरेन्द्र बोहरा रहेका छन्। घाइते अधिकांसकाे अवस्था गम्भीर रहेकाेर डडेल्धुरा अस्पताल उपचार भईरहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!