बैतडीमा जिप दुर्घटना: ३ जनाकाे मृत्यु

बैतडी:जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका-८ साडीघाटीमा जिप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएको छ।
माेतिनगरबाट डडेल्धुरा जाँदै गरेकाे म१ ज २२४ नम्बरको बाेलेराे जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेकाे हाे।
दुर्घटनामा परेर ३ जनाकाे घटनास्थलमै मृत्युु भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक सुरज सिंह जानकारी दिनुभयाे। मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेकाे उहाँले बताउनुभयाे। उहाँले भन्नुभयाे,” दुर्घटनामा ३ जनाकाे घटनास्थलमै मृत्युु भएको खबर छ। सनाखत हुन सकेको छैन्।”
जिपमा कतिजना सवार रहेका थिए भन्ने समेत खुल्ने सकेकाे छैन् । अन्य सबै घाइते रहेकाे बुझिएको छ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!