शिवनाथमा पाँच विधेयक पारित

बैतडी:विभिन्न पाँच विधेयक पारित गर्दै जिल्लाकाे शिवनाथ गाउँपालिकाको गाउँसभाको १६औं अधिवेशन सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदका अनुसार गाउँसभा सञ्चालन तथा कार्यसञ्चालन विधेयक २०८२, गाउँपालिकाको लेखा समिति गठन तथा कार्य सञ्चालन विधेयक २०८२, बालअधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक २०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ र बेरुजु फर्स्योट विधेयक २०८२ पारित गरेको हाे ।

यस्तै अधिवेशनले यसअघि कार्यपालिकाले विभिन्न समयमा गरेका निर्णय पारित गर्दै केही योजनासमेत संशोधन गरेको सभाका सदस्य–सचिव एव प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताउनुभयो ।

गाउँसभामा पालिकाकाे चालु आर्थिक वर्षको बजेटकाे समिक्षा समेत गरिएको थियोे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!