लागुऔषध खैरो हिरोइनसहित ५ जना पक्राउ

बैतडी: लागुऔषध खैरो हिरोइनसहित बैतडीमा पाँच जना समातिएका छन् ।
पक्राउ पर्नेमा पाटन नगरपालिका–६, बस्ने २१ वर्षीय हेमन्त विष्ट, सोही ठाउँ बस्ने २२ वर्षीय कपिल विष्ट, १८ वर्षीय ससांक चन्द, ३० वर्षीय विष्णु विष्ट र २२ वर्षीय सुवास कठायत रहेका छन् ।

पाटन नगरपालिका–६ पाटन बजारबाट पक्राउ परेका उनीहरूकाे साथबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद गरिएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बल्देब बडूले जानकारी दिनुभयाे।

लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले पक्राउ गरेको हाे।

पक्राउ परेका पाँचै जनामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!