बैतडी: बैतडीमा जीप दुर्घटना हुदा ३ जना घाइते भएका छन । मङ्गलबार राति डडेल्धुराबाट बैतडीको पाटन-७ किम्तोलीतर्फ जाँदै गरेको सुप प्र ०१ ००१ ज १३०७ नम्बरको बेलोरो जीप पाटन नगरपालिका-१ को चुल्लेक भन्ने स्थानमा दुर्घटनामा परेकाे हाे
घाइते हुनेमा पाटन१ डङ्सिलीका १९ वर्षका करन सिंह ऐरी, सोही ठाउँका अन्दाजी १८ वर्षकि मनीसा ऐरी र पाटन -७ किम्तोलीकी ५५ वर्षकि दुरादेवी चन्द रहेकी छन् ।
घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो । जीपमा ७ जना सवार रहेको बुझिएको छ । अन्य सकुशल रहेका छन ।
अनियन्त्रित भई दुर्घटना परेको जीप करिब १५ मिटर तल खसेर रुखमा अट्किएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
