शिवनाथकाे राष्ट्रपति रनिङ्ग शिल्ड नागार्जुन माविले जित्याे

बैतडी: शिवनाथ गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। सोमबारबाट गाउँपालिकाको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो।

प्रतियोगिताको उपाधी नागार्जु मावि शमालीले जितेको छ। १४ स्वर्ण, ७ रजत र ७ कास्यपदकका साथ नागार्जुन मावि शर्माली बिजेता बनेको हाे।

यसैगरी ७ स्वर्ण, ६ रजत, ६ कास्यपदक जित्दै उदय मावि कफाडी द्धित्तीय र ३ स्वर्ण, ३ रजत र ४ कास्यपदक जित्दै हिरापुर मावि बसेडीभ्वा तृतीय भएको जनाईएको छ। पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिह रावलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको प्रतियोगिता सभ्य र भब्य तवरले सम्पन्न भएको गाउँपालिका अध्यक्ष कर्णसिह साउँदले जानकारी दिनुभयो।

प्रतियोगितामा ९ विद्यालयहरु सहभागी रहेका थिए ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!