विश्वकप खेल्ने नेपाली क्रिकेट टिम घोषणा

काठमाडौं: भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी २० विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।

टिमको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी छन् । यस्तै, टिममा सन्दिप लामिछाने, करण केसी, आरिफ शेख, ललितनारायण राजवंशी, गुल्शनकुमार झा, बसिर अहमद र शेर मल्ल छन् ।

यसैगरी, टिममा सोमपाल कामी, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, सन्दिप जोरा र नन्दन यादव पनि टिममा परेका छन् ।

बन्द प्रशिक्षणमा परेका आदील अन्सारी, भीम सार्की, ईशान पाण्डे, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, कुशल मल्ल, साहब आलम र रुपेशकुमार सिंहले भने टिममा स्थान बनाउन सकेनन् ।

आईसीसी टी २० विश्वकप फ्रेबुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदै छ ।

नेपाल रहेको समूह सी मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!