काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेका हो ।
पूजा महतो उपकप्तानका रुपमा छिन् । टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय छन् ।
यसअघि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको ५ खेलाडी टोलीबाट बाहिरिएका हुन् ।
