बैतडी:आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले बैतडीले उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले केन्द्रिय सदस्य दामोदर भण्डारीलाई प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।
पुर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका भण्डारीकाे एकल रूपमा सिफारिस गरेको नेकपा एमाले बैतडीका सचिवालय सदस्य लोकेन्द्र भण्डारीले जानकारी दिनुभयाे।
भण्डारीलाई सर्वसम्मत एकलरूपमा सिफारिस गरिएको जनाएको छ ।
२०७० सालको संविधान सभा, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट विजयी हुनुभएको थियोे ।
