रुसी सेनामा भर्ती भएका बैतडीका भाटको मृत्यु भएको पुष्टि

बैतडी: रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका –७ काँडाका ३३ बर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ ।
करीब दुई बर्ष अगाडि रुसी सेनामा भर्ती भएका भाट पछिल्लो समयमा परिवारको सम्पर्कमा रहेका थिएनन् ।

डिएनए परीक्षणबाट भाटको मृत्यु भएको पुष्टि गरिएको बताइएको छ । तर उनको कहिले मृत्यु भएको हो भन्ने कुरा भने एकीन भएको छैन् । भाटको मुत्युका बिषयमा हालैमात्र परिवारलाई जानकारी आएको मेलौली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले जानकारी दिनुभयाे ।
मृतक भाटको घरमा आमा–बुवा, भाइ र श्रीमती रहेका छन् ।

भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका– ९ असुरका अर्जुनदत्त भट्टको पनि गएको वैशाखमा मृत्यु भएको पुष्टि भएको थियो ।
सोही समयदेखि घरपरिवारले भाटको बिषयमा खोजी गरिरहेका थिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!