रेडियो मेलौली छैटौं वर्षमा प्रवेश

बैतडी:बैतडीको तल्लो स्वराडमा स्थापना भएको सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जले आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ। विःस २०७६ मा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई २०७७ पौष १७ गतेदेखि समृद्धी र विकासका लागी समावेशी आवाज आफ्नै बोली आफ्नै शैली नारा दिई प्रसारण शुभारम्भ गरेको थियो।

मेलौली नगरपालिका–१ बाट प्रसारित एकसयवाट क्षमताको रेडियो मेलौली सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लादेखि लिएर भारतका केही स्थानमा सुनिदै आएको छ। साथै इन्टरनेटमा मेलौली खबरबाट पनि विश्वभर सुन्न सकिन्छ। रेडियोले बिहान ५ बजेदेखि राती ११ बजेम्म १८ घण्टा प्रसारण निरन्तर गरिरहेको छ।

रेडियोले सुचना मनोरन्जनका साथै घरेलु हिंसा, र्दुव्यसन, बालबिवाह बिरुद्ध बिभिन्न चेतना मुलक रेडियो कार्यक्रम उत्पादन गरेर सबैलाई सचेत गर्दै आएको र समाजमा हुने बेथिती बिरुद्ध आवाज बुलन्द गरी रहने रेडियो मेलौलीका अध्यक्ष कृष्ण दत्त भट्टले बताउनुभयो।

कृषि पेशालाई व्यवसायिकतामा लैजाने प्रेरित गरी आर्थिक संमृद्धिसंग जोड्न पहल गर्ने, सार्वजनिक चाँसोका विषय तथा विकासका पूर्वाधारहरुमा विशेष वहस, छलफलमा जोड दिने, भ्रष्टाचार, कुरीती, असुरक्षा, हत्या, र हिंसा जस्ता विकृती हटाई भव्य र सभ्य समाज निर्माणमा आवाज उठाउन बालबालिका केन्द्रित महिला अधिकार, द्धन्द्ध रुपान्तरणका सवालमा सम्वाद, प्रतिभा प्रस्तुतीकरण, स्वास्थ्य चर्चा, मनोविमर्श सेवा जस्ता सचेतना मुलक रेडियो कार्यक्रम तथा संगित समाचार एवम् मनोरन्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ ।सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)सिआईएनको सहकार्यमा सिआइन खवर लगायतका विभिन्न कार्यक्रमहरु प्रशारण गरी सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको स्टेशन म्यानेजर लक्ष्मण विसीले बताउनुभयो।

समयक्रमानुसार कार्यक्रम र समाचारलाई समेत परिमार्जन र विकसित गर्दै लगेको तथा आवश्यकता अनुसार थप परिमार्जन एवंम परिष्कृत गर्दै लैजाने विसीले बताउनुभयो। बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो मेलौलीले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाई रहने बिश्वास लिएको छ।

सामुदायिक रेडियो मेलौलीले छैटौं वर्षमा प्रवेशको अवसरमा रेडियो मेलौलीका आगामी दिनको प्रशारणमा सामाजिक रुपान्तरणको अभियानलाई अझ सशक्त बनाउने बताउँदै यतिञ्जेल सम्मको यात्रामा साथ र सहयोग गर्नु हुने सम्पूर्ण स्रोता महानुभाव, विज्ञापनदाता, कर्मचारी, विभिन्न स्थानीयतहका जनप्रतिनिधि, सहकार्यमा रहेका विभिन्न संघसंस्था, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरु एवम् सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता सहित अगामी दिनमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा सहित सम्पूर्णमा हार्दिक अभार व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!