कांग्रेस बैतडीले गर्याे दुई हजार जेष्ठ क्रियाशील सदस्यलाई सम्मान

बैतडी: नेपाली कांग्रेस बैतडीले जिल्लाका दुई हजार जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरेकाे छ।

जिल्लाभरीका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत ७१ वडाका दुई हजार जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताउनुभयाे। 

जेष्ठ क्रियाशील सदस्यहरुले पार्टी संगठन निर्माण र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयाे । जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान पत्र र खादा लगाएर सम्मान गर्ने गरिएको छ ।
 उहाँले भन्नुभयाे,”लामाे समयदेखि नेपाली कांग्रेसमा रहेर याेगदान गरेका जेष्ठ नागरिकलाई सम्मान गरिरहेका हाैं। याेगदानकाे कदर गरेर सम्मान गरेका हाैं।”

जिल्लाका ८४ ओटा वडामध्ये दोगडाकेदारका चार र पुर्चौंडीका १० वडाका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्न बाँकी रहेको छ । अन्य वडाका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भइसकेको कांग्रेस बैतडीका अर्का सचिव देवराज जोशीले बताउनुभयाे । 

दोगडाकेदार गाउँपालिकाको वडा नं ६ र ८ का जेष्ठ क्रियाशील सदस्यहरुलाई यही पौष १५ गते मल्लाढीकमा सम्मान गर्ने कार्यक्रम रहेको छ भने वडा नं १ का जेष्ठ क्रियाशील सदस्यहरुलाई पौष १६ गते रीममा सम्मान गर्ने कार्यक्रम रहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!